बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपनमा फरक अबधारणा र शैलि सहित संचालनमा रहेको दीक्षालय नेपाल (स्कूल) ले आफ्नो अभिभावक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। सामान्य अभिभावक दिवस कार्यक्रम शैली भन्दा फरक तवरले आयोजना गरिएको उक्त कार्यक्रम विशिष्ट बन्न पुगेको थियो। बिधार्थी र अभिभावक केन्द्रित समारोहमा विधालयका बिधार्थीहरुको उत्कृष्ट प्रस्तुतिले कार्यक्रम मनमोहक र आकर्षक बन्न पुगेको सहभागीहरुले प्रतिक्रिया दिएका थिए।
यही २०८१ फागुन ३ गते आयोजना गरेको अभिभावक दिवस बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाको विभिन्न वडाका वडाअध्यक्षहरू, यस क्षेमा सञ्चालित विद्यालयका प्रधानाध्यापकहरू, टोलसुधार समितिका अध्यक्षहरू, शिक्षासेवी, समाजसेवी तथा अभिभावकहरूको समेत ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष लब्जीबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको तर्फ़बाट निमा डोमा शेर्पा र विद्यालयका प्राचार्य दुर्गाप्रसाद दाहालले उपस्थित प्रमुख अतिथि, अतिथि तथा आमन्त्रित सबैलाई स्वागतका शब्दहरूले स्वागत गरेका थिए। । उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि नगरप्रमुख मिठाराम अधिकारीले पानसमा दीप प्रज्वलन गरि गरेका थिए ।
नगर प्रमुख अधिकारीले शिक्षा नै समाज परिवर्तनको मेरुदण्ड रहेको र यस क्षेत्रमा सञ्चालित विद्यालयहरूले समाज परिवर्तन गर्ने शिक्षा अवलम्वन गर्नुपर्ने विषयमा जोड दिएका थिए । साथै दीक्षालय स्कूल नगरपालिकाको उत्कृष्ट रहेको समेत बताएका थिए ।
उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले शुभकामना मन्यतव्य राख्दै दीक्षालय स्कुलले २०८० सालको एसईई परीक्षामा संस्थागत विद्यालयको तर्फबाट यस नगरपालिकामा प्रथम र काठमाडौ जिल्लामा द्वितीय रहेको उल्लेख गरेका थिए ।
विद्यालयका प्रवन्ध निर्देशक चित्रकुमार दाहालले धन्यवाद ज्ञापन गदै परिवर्तित समाजसमा प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको र विद्यार्थीहरूलाई शैक्षिक उन्नयनका साथसाथै जीवनोपयोगी सीपहरू दिन दीक्षालय सफल रहेको बताएका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विधाका अतिरिक्त कृयाकलापहरूका सृजनसीलता झल्कने प्रतुतिहरू प्रदर्शन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन विद्यालयमा अध्ययनरत विद्यार्थीले गरेका थिए ।