नेटबल कप प्रतियोगिता २०८१ भब्यताका साथ सम्पन्न

राष्ट्रपाटी न्युज

५ फाल्गुन २०८१

काठमाडौं। बागमती प्रदेश खेलकुद बिकास परिषदको आर्थिक सहयोग र देबि स्पोर्ट्स हाउसको आयोजना एवम ज्ञानोदय बालबाटिका उच्च माध्यमिक बिद्यालयको विशेष सहयोग र सहकार्यमा नेटबल कप प्रतियोगिता २०८१ भब्यताका साथ सम्पन्न भएको छ।

फाल्गुन १ गते देखि ३ गते सम्म ललितपुर स्थित खोकना बुङ्मतिमा रहेको ज्ञानोदय बालबाटिका उच्च माध्यमिक बिधालयको प्राङ्गणमा आयोजना भएको यस प्रतियोगिता विशेष समारोह सहित सम्पन्न भएको थियो।

कुल ६ टिमको सहभागीता रहेको यस प्रतियोगितामा पहिला लिग चरनका खेलहरु सम्पन्न भएका थिए। प्रतियोगितामा लिग चरन पार गर्दै ज्ञानोदय क्लब र भानुभक्त क्लब फाइनलमा प्रबेश गर्न सफल भएका थिए। फाइनलमा ज्ञानोदयले भानुभक्त क्लब २० का विरुद्ध २२ स्कोर गर्दै जित हात पार्ने सफल भएको थियो भने भानुभक्त क्लब दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। बिजेता टिमले ट्रफि मेडल सहित नगद रु १५,००० प्राप्त गर्न सफल भएका थिए भने उपबिजेताले ट्रफि मेडल सहित रु १०,००० जित्न सफल भएका थिए। उक्त प्रतियोगितामा ज्ञानोदय कि तिजा बज्राचार्य बेस्ट डिफेन्डर र भानुभक्त कि अम्बिका खड्का बेस्ट प्लयेर घोषित भएकि थिइन। दुबै उत्कृष्ट खेलाडिले ट्रफी हात पारेका थिए।

यस्तो कार्यक्रमको आयोजनाबाट खेलाडीहरुको मनोबलमा वृद्धि हुने र समस्त खेल छेत्रलाई नै विशेष टेवा पुग्ने कार्यक्रमका आयोजक तथा देबि स्पोर्ट्स हाउसका प्रतिनिधि इ. सुजन लामाले संचार माध्यमसंग बताएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेश खेलकुद बिकाश परिषद कि बोर्ड मेम्बर सुनिता गौतम र विशेष अतिथीका रुपमा ज्ञानोदय उच्च माध्यमिक बिद्यालयका सह प्राध्यापक भानु.ए र सह प्राध्यापक राजु गुरुङको पनि उपाथिती रहेको थियो । प्रदेश खेलकुद बिकाश परिषदका सदस्य सचिब दिपक लामाको कार्यक्रम आयोजना र ब्यबस्थापनमा ठूलो भुमिका रहेको जानकारी आयोजकले दिएको छ।

कार्यक्रम आयोजकले भबिस्यमा पनि राज्य र राज्यका निकायले विशेष ध्यान दिए यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरेर समस्त खेलकुदको बिकास र समृद्धिमा आफ्नो योगदान रहने जानकारी दिएका थिए ।


Published :५ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media