ग्याल्पो ल्होसारका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

राष्ट्रपाटी न्युज

१६ फाल्गुन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

“आज ग्याल्पो ल्होसार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होसार मनाउँछन् । ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस् ”, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन्  ।

तस्बिरमा ‘ह्याप्पी ल्होसार’ पनि लेखिएको छ ।


Published :१६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media