बूढानीलकण्ठ नगरपालिकामा मुटु स्वास्थ्य सुरक्षा प्रवर्द्धन सम्बन्धी चारदिने कार्यक्रम शुरु

राष्ट्रपाटी न्युज

फाल्गुन २०, २०८१

बुढानिलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा संवेदनशील मुटु स्वास्थ्य सुरक्षा प्रवर्द्धन सम्बन्धी चारदिने कार्यक्रम शुरु भएको छ। बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा द्वारा नगरपालिकाको सभाहलमा आयोजित उक्त विशेष कार्यक्रम यहि फाल्गुन १९ गते देखि शुरु भएको हो । प्रत्येक दिन नगरपालिका भित्र बिभिन्न फरक फरक पेशा र कार्यमा आबद्व नागरिक हरुलाई कार्यक्रममा सहभागि गराईने महाशाखा प्रमुख कूमार प्रसाद दाहालले जानकारी दिएका छन् ।

कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइराला लगायतका बरिष्ठ चिकित्सकहरुले मुटु सम्बन्धि विशेष प्रस्तुति दिने गरि कार्यक्रम संचालन भैरहेको छ ।


Published :फाल्गुन २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media