
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकामा एकीकृत खानेपानी बोर्ड गठन गरिएको छ। बुढानीलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख उद्दव खरेलको अध्यक्षतामा नगरपालिकाको नगरसभामा सामेल नभएका राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुलाई समेत सामेल गराएर बुढानीलकण्ठ नगरपालिका एकीकृत खानेपानी बोर्ड गठन गरिएको नगरपालिकाले जानकारी दिएको छ।
बुढानीलकण्ठ नगरपालिका एकीकृत खानेपानी बोर्डका पदाधिकारीहरु
अध्यक्ष -श्री उद्धव प्रसाद खरेल
सदस्यहरु – श्री राजु अधिकारी, श्री टिका नारायण श्रेष्ठ, श्री कैलाश खड्का,श्री रविन्द्र थापा, श्री सुमित्रा खड्का ,श्री उषा अधिकारी ,श्री श्याम कृष्ण ठकुरी,श्री गोकुल दाहाल,श्री प्रमेश थापा,श्री ठाकुर प्रसाद खकुरेल,सदस्य सचिव श्री डोल राज अर्याल
सदस्य पदमा नियुक्त ठाकुर प्रसाद खकुरेल नेपाली कम्युनिष्ट पार्टीका पुराना नेता हुन् भने प्रमेश थापा राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठका सचिव हुन् ।
यहि २०८३/०४/२२ गते शुक्रबारका दिन बुढानीलकण्ठ एकीकृत खानेपानी बोर्डको बैठक समेत बसेको थियो। बोर्डका अध्यक्ष उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा मनोनित सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरिएको थियो।

उक्त बैठकले बुढानीलकण्ठ नगरपालिकाको खानेपानी समस्या समाधान गर्न विविध निर्णयहरु गरेको बोर्डका अध्यक्ष उद्धव प्रसाद खरेलले जानकारी दिएका छन्।
उक्त निर्णयहरुमा बुढानीलकण्ठ खानेपानी बोर्डका लागि कार्यकक्ष व्यावस्थापनका लागि नगरपालिकामा अनुरोध गर्ने ,१ महिनाभित्र खानेपानी बोर्ड सञ्चालनका लागि कार्यविधिको मस्यौदा तयार गरि स्वीकृतिका लागि नगरकार्यपालिकामा पेश गर्ने र कार्यविधि मस्यौदा निर्माणका लागि उद्धव प्रसाद खरेल, महेश प्रसाद पाठक र डोलराज अर्याल रहेको ३ सदस्यीय समिति गठन गर्ने ,बुढानीलकण्ठ खानेपानी बोर्डको लोगो निर्माणका लागि प्रक्रिया अगाडि बढाउने, बुढानीलकण्ठ नगरभित्रका खानेपानी उपभोक्ता समितिहरुको विवरण संकलन गरि सूचिकृत गर्ने, यसअघि माग भइआएका खानेपानी योजना सम्बन्धी प्राप्त निवेदनको विवरण संकलन गरी चालु आ.व. २०८३/८४ को लागि नयाँ योजना तर्जुमाका लागि नगरकार्यपालिकालाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ।