घाँस काट्ने क्रममा रुखबाट खसेर एक वृद्धको मृत्यु

राष्ट्रपाटी न्युज

चैत्र ४, २०८१

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ। स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

स्थानीयले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको प्रनाउ श्रेष्ठको भनाइ छ। वृद्धको घटनास्थलमै मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Published :चैत्र ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media