इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेकाे सङ्ख्या २५ पुग्यो

काठमाडौँ । इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी स्रोतले जानकारी दिएको छ।

पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए। प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन्। सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले घरलाई निशाना बनाएको बताएका छन्।

यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले रातभर उत्तरी गाजामा हमासको सैन्य साइटमा आक्रमण गरेको जनाएको छ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा परिवारहरू फोहोरले भरिएका सडकहरूमा हिंडिरहेका, केहीले गद्दा र घरायसी सामानहरूले भरिएका गाडाहरू धकेलिरहेका र अरूले आफ्ना डराएका बच्चाहरूको हात समातिरहेका देखिएका छन्।

विज्ञप्तिमा बासिन्दाहरूलाई सुरक्षाको लागि पश्चिमी गाजा शहर र खान युनिसका ज्ञात आश्रयस्थलहरूमा तुरुन्तै स्थानान्तरण गर्न आह्वान गरिएको छ।

इजरायली सेनाले मङ्गलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भङ्ग भएको छ । (रासस)


Published :५ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media