बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८१

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका–१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

देहिमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बीएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो ।

चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।


Published :चैत्र २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media