ज्ञान प्रकाश एकेडमीको १९ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८१

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ज्ञान प्रकाश एकेडमीले आफ्नो १९ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ।

विधालय ब्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद मिश्रको अध्यक्षतामा विधालय प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विधार्थीहरुले विभिन्न आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

राज्य व्यबस्था समितिका सभापति एवं ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव कुमार खड्का ,नेपाली काङ्ग्रेसका नेता बिनोद चालिसे, नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डङोल , नेपाली काङ्ग्रेसका नगर सभापति राजाराम बुढाथोकी , नेपाली काङ्ग्रेस काठमाडौं ४ ( ख ) का सचिब मनोज सिग्देल ,बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी , बुढानिलकण्ठ – ११ का सदस्य समर गुरुङ, विभिन्न विधालयका प्रधानाध्यापक तथा संचालकहरु,शिक्षकहरु तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि रामहरी खतिवडा, विधालयका प्रधानाध्यापक मुरारी चालिसे, नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डङोल लगायतले आफ्नो मन्तव्य राखेका थिए।

प्रसिद्व लोक गायक खुमन अधिकारीको विशेष सांगीतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा जादुगर शेर बहादुर गुरुङले बिशेष प्रस्तुति दिएका थिए।


Published :चैत्र २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media