मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

राष्ट्रपाटी न्युज

२५ चैत्र २०८१

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।

ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । मधेस प्रदेशसभाको बैठक सभाहललाई चिटिक्क बनाइएको छ । प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले प्रधानमन्त्रीको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वारको निर्माण तथा सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध भइसकेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मंगलबार १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।


Published :२५ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media