ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख ४, २०८२

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक सरोज श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी सहचालक सौजन श्रेष्ठ गम्भीर घाइते भएका छन् ।


Published :बैशाख ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media