आजको मौसमः देशैभर वर्षाको सम्भावना

काठमाडौं ।  हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ ।  सातै  प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।


Published :५ बैशाख २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media