गभर्नरमा गुणाकर भट्टको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार दायर गरेको रिटमा आइतबार पेसी चढाइने भएको छ ।

भट्टको नियुक्ति कानुन विपरीत नेताहरूको सहमतिमा गर्न खोजिएको दाबी गर्दै निवेदनमा सुशासन ऐनविपरीतको कार्य भन्दै आपत्ति जनाइएको छ ।

यसअघि पनि सर्वोच्चले ६५ वर्ष नाघेका व्यक्तिलाई नियुक्ति प्रक्रियामा नसमेट्न अन्तरिम आदेश जारी गरिसकेको छ ।


Published :५ बैशाख २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media