काठमाडौं । सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित विजयी भएकी छिन् । उनकी अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले ८७ मत ल्याएकी छिन् ।
प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएका छन्। महासचिवबाहेक सबै पदमा निर्वाचन भएको हो । राधा खनाल भने सर्वसम्मत महासचिव बनेकी हुन्।
त्यसैगरी सदस्यमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजवी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन् ।