शिक्षामन्त्रीको कार्यसम्पादनमा कमजोरीले राजीनामा दिएको नेता बस्नेतको टिप्पणी

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईले आफ्नै कमजोरीले राजीनामा दिएको टिप्पणी गरेका छन् ।

शिक्षामन्त्री भट्टराईले राजीनामा दिए लगत्तै फेसबुकमा स्टाटस लेख्दै एमाले नेता बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।

मन्त्री भएको बेलादेखि नै मन्त्रीको कार्यसम्पादनमा कुरा उठेको दाबी गर्दै नेता बस्नेतले शिक्षामन्त्री भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेको बताएका छन् ।

यस्तै अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नुपर्ने उनको भनाइ छ ।

शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिएकी छन् र  के कारणले राजीनामा दिएको भन्ने सार्वजनिक भएको छैन ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भएको छ । यसैबीचमा शिक्षामन्त्रीले राजीनामा दिनुलाइ विशेषा चासाेका रूपमा हेरिएकाे छ ।


Published :बैशाख ७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media