एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल भएकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि

राष्ट्रपाटी न्युज

बैशाख १९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्षको एसइई परीक्षामा ५२ प्रतिशत विद्यार्थी फेल हुनु आपत्तिजनक भएको भन्दै असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको कार्यक्रममा बोल्दै उनले कक्षा १० मै लाखौँ युवाको भविष्य ‘चट’ भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले परीक्षा प्रणालीले विद्यार्थीको विषयगत प्रतिभालाई ख्याल नगरेको बताए । उनले काठमाडौंमा आन्दोलनका क्रममा एक शिक्षकले आफूलाई गाली गरेको भिडियोको प्रसङ्ग उल्लेख गर्दै भने, “४८ प्रतिशत पास हुनु ठूलो कुरा हो भन्ने सोच नै समस्याग्रस्त छ।”

उनले आगामी एसइई नतिजामा सुधारको अपेक्षा व्यक्त गर्दै सबै विद्यार्थीमा एउटै क्षमता हुँदैन, विषय अनुसार फरक प्रतिभा हुने कुरामा शिक्षा प्रणालीले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।


Published :बैशाख १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media