भिरबाट टिपर खस्दा चालकको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख २६, २०८२

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार साँझ तिनाउ गाउँपालिका–३ सिद्धबाबा हुँदै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालक सियारी गाउँपालिका–२ रुपन्देहीका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

टिपरको चक्का पन्चर हुँदा अनियन्त्रित भई सडकबाट ६५ मिटर तल तिनाउखोला किनारमा खस्दा चालक यादव गम्भीर घाइते भएका थिए।

उनलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो।

प्रभाकरको उपचारका क्रममा मृत्यु भएको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


Published :बैशाख २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media