हुरीले घर भत्किँदा हल्दीबारीमा एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८२

झापा । हुरीका कारण घर भत्किँदा गएराति हल्दीबारीमा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मगरको मृत्यु भएको हो ।


Published :जेष्ठ १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media