
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ द्वारा SEE परिक्षा दिइ बसेका विद्यार्थीहरुको लागि ब्रिज कोर्स कक्षा कार्यक्रम शुरु भएको छ।
वडा भित्र बसोबास गर्ने तथा वडा भित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८१ सालको SEE परिक्षा दिइ बसेका विद्यार्थी भाई बहिनीहरुको लागि ब्रिज कोर्स कक्षा सञ्चालन गरिएको वडाध्यक्ष राजु अधिकारीले जानकारी दिएका छन्।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ग्राम शिक्षा माविको सभाहलमा बिहान ७ बजेदेखि ९ बजेसम्म नियमित रुपमा पन्ध्र दिन सम्म संचालन गरिने कार्यक्रममा SEE दिएर बसेका कक्षा ११ मा जुनसुकै विषय पढ्न इच्छुक बिधार्थीहरुले सहभागी हुनसक्ने बताइएको छ।
यसैबीच उक्त कार्यक्रमको औपचारिक समारोहबीच उद्घाटन सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ग्राम शिक्षा माविको सभाहलमा वडाध्यक्ष राजु अधिकारी, वडा सदस्य शर्मिला गौतम, ग्राम शिक्षा माविका प्रअ रुद्र कोइराला , प्रशिक्षक तथा विधार्थीको उपस्थितिमा कार्यक्रमको शुरुवात भएको छ।
कार्यक्रममा वडाध्यक्ष राजु अधिकारीले आगामी बर्ष देखि ब्रिज कोर्ष कार्यक्रमलाइ अझ व्याबहारिक र प्रभावकारी ढंगले संचालन गरिने र वडाबासी सबै विधार्थीले यो सुविधा लिन सक्ने बताएका थिए।त्यसैगरी कार्यक्रममा वडा सदस्य शर्मिला गौतम, ग्राम शिक्षा माविका प्रअ रुद्र कोइराला, प्रशिक्षक अनिता कोइराला लगायतले आफ्नो मन्तव्य राखेका थिए।

