बालउद्धार माविको ३६औँ वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

राष्ट्रपाटी न्युज

जेष्ठ २३, २०८२

काठमाडौँ । बालउद्धार माविले आफ्नो ३६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सो विद्यालयले जेठ २३ गते शुक्रबार विद्यालय प्रांगणमा एक भव्य समारोहका बीच वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अधिकारीले विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई नगदसहित सम्मानपत्रबाट  सम्मानित गरेका थिए । सम्मानित हुने शिक्षकहरुमा पदम पौडेल, विनोद पन्त, इन्दिरा बस्नेत र अहिल्या भट्टराई रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विद्यालयको विगतदेखि वर्तमानसम्मको भौतिक अवस्थितिबारे जानकारी दिएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले विद्यालयको शैक्षिक तथा आर्थिक पक्षबारे  जानकारी दिएका थिए । कार्यक्रममा अक्षयकोष दाताहरुले अक्षयकोषको वार्षिक व्याजबाट प्राप्त नगद हरेक कक्षाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

विशिष्ट कलाकार राजा राजेन्द्रको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य तथा गीतबाट मनोरञ्जन प्रदान गरेका थिए ।

सहायक प्रधानाध्यापक मुरारीकुमार ढकालले समापन मन्तव्य दिएको सो कार्यक्रमको सञ्चालन विद्यालयमा अध्ययनरत छात्राहरु रचना कठेत, शिक्षा दाहाल र श्रेता पौडेलले गरेका थिए ।

भव्य एवं सभ्य रुपमा सम्पन्न सो कार्यक्रममा स्थानीय समाजसेवी,  अभिभावक, पत्रकार, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


Published :जेष्ठ २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media