एसइईको नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक हुने

काठमाडौँ । एसइई परीक्षाको नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको जनाएको छ ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए ।


Published :असार ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media