अमेरिकी नागरिकहरुलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले विश्वव्यापी सतर्कता चेतावनी जारी गर्दै विश्वभर अमेरिकी नागरिक र अमेरिकी चासोका विषयमा प्रदर्शन र विरोधको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले अमेरिकी नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न, भिडभाडयुक्त स्थानहरूमा नजान र स्थानीय सुरक्षाकर्मीहरूको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ।

अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेपछि सम्भावित प्रतिक्रियाको जोखिमलाई ध्यानमा राखेर उक्त चेतावनी जारी गरिएको हो। (एजेन्सी)


Published :असार ९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media