नेकपा (एमाले) काठमाडौं-४ ले भोलि बृक्षारोपण कार्यक्रम गर्ने

राष्ट्रपाटी न्युज

असार १३, २०८२

काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र -४ समन्वय कमिटिले भोलि असार १४ गते शनिवार बृक्षारोपण कार्यक्रम संचालन गर्ने भएको छ। जननेता मदन भण्डारीको ७४ औ जन्म दिनको स्मृतिमा काठमाडौं क्षेत्र -४ अन्तर्गत रहेको काठमाडौं महानगरपालिका वडा -८ सिफल चौर नजिकै भन्डारखालमा बृहत बृक्षारोपण कार्यक्रम आयोजना गर्न लागिएको नेकपा एमाले काठमाडौं क्षेत्र -४ समन्वय कमिटिका संयोजक राजन कुमार पोख्रेलले जानकारी दिएका छन् ।

नेकपा एमाले स्थायी कमिटि सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको प्रमुख आतिथ्यता एवं काठमाडौं क्षेत्र -४ समन्वय कमिटि संयोजक राजन कुमार पोख्रेलको अध्यक्षतामा हुने उक्त कार्यक्रममा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोख्रेल, काठमाडौं क्षेत्र -४ इन्चार्ज कृष्ण राइ ,काठमाडौं जिल्ला कमिटि अध्यक्ष दीपक निरौला लगायत नेकपा एमाले काठमाडौं जिल्लाका पदाधिकारी एवं सदस्यहरु, अन्य विभिन्न कमिटिका पदाधिकारी तथा सदस्यहरु लगायत पार्टी समर्थक, शुभेच्छुक एवं आम नागरिकहरुको उपस्थिति रहने बताइको छ।

बिहान ७.३० बजे शुरु हुने उक्त बृक्षारोपण कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेकपा एमाले समर्थक, शुभेच्छुक एवं आम नागरिकहरुलाइ काठमाडौं क्षेत्र -४ समन्वय कमिटि संयोजक राजन कुमार पोखरेलले अनुरोध गरेका छन् ।

 

 


Published :असार १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media