नेकपा (एमाले) काठमाडौं-४ को बृक्षारोपण कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

असार १४, २०८२

काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र -४ समन्वय कमिटिले आज असार १४ गते शनिवार बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। जननेता मदन भण्डारीको ७४ औ जन्म दिनको स्मृतिमा काठमाडौं क्षेत्र -४ अन्तर्गत रहेको काठमाडौं महानगरपालिका वडा -८ सिफल चौर नजिकै भन्डारखालमा बृहत बृक्षारोपण कार्यक्रम आयोजना गरिएको नेकपा एमाले काठमाडौं क्षेत्र -४ समन्वय कमिटिका संयोजक राजन कुमार पोख्रेलले जानकारी दिएका छन् ।

उक्त बृक्षारोपण कार्यक्रममा विभिन्न जातका ३ सय भन्दा धेरै विरुवा रोपिएको आयोजकले जानकारी दिएको छ।

ऐतिहासिक स्थल भण्डारखालमा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा एमाले स्थायी कमिटि सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराई, काठमाडौं क्षेत्र -४ इन्चार्ज कृष्ण राइ ,काठमाडौं जिल्ला कमिटि अध्यक्ष दीपक निरौला,बागमती प्रदेश सभा सदस्य जयराम थापा लगायत नेकपा एमाले काठमाडौं जिल्लाका पदाधिकारी एवं सदस्यहरु, अन्य विभिन्न कमिटिका पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधिहरु लगायत पार्टी समर्थक, शुभेच्छुक एवं आम नागरिकहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

उक्त बृक्षारोपण कार्यक्रममा रोपिएका विरुवाहरुलाई रोप्ने व्याक्तिले नै नियमित हेरविचार गरि हुर्काउनु पर्ने र कम्तिमा महिनाको एकपटक अबलोकन गर्न अनुरोध गरिएको काठमाडौं क्षेत्र -४ समन्वय कमिटि संयोजक राजन कुमार पोखरेलले जानकारी दिएका छन्।


Published :असार १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media