
काठमाडौं । काठमाडौँ कुमारीगाल, चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कारसहितको शिक्षालाई विशेष महत्व दिएको छ । स्थापना कालदेखि नै विद्यार्थीको सर्वाङ्गिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल रविन दाहाल, सर्वोत्कृष्टताको निरन्तरता हुनुमा “एउटा ओदानका तीनवटा खुट्टा” जस्तै अभिभावक विद्यार्थी र विद्यालय बीचको पारस्परिक सहयोग नै रहेको धारणा व्यक्त गर्दछन् ।
वि. सं. २०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले वि. सं. २०८१ सालमा उच्च सफलता हासिल गरेको छ । यसअघि २०७८ सालको एसईई परीक्षामा पनि काठमाडौँ जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कार सहित “सर्वोत्कृष्ट विद्यालय पुरस्कार”ले पुरस्कृत भएको थियो । त्यस्तै २०८० सालको एसईई परीक्षामा समेत काठमाडौँ जिल्ला प्रथम भई प्याबसन काठमाडौँद्वारा “उत्कृष्ट विद्यालय सम्मान २०८०” ले सम्मानित भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा( एसईई)को नतिजा अनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसईई सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित सतप्रतिशत विद्यार्थीले ३.७३ भन्दा माथि अङ्क प्राप्त गर्न सफल भएका छन् ।
