प्रधानमन्त्री ओलीद्वारा चुवा खोलामा नवनिर्मित बेलिब्रिज उद्घाटन

राष्ट्रपाटी न्युज

असार २२, २०८२

सुर्खेत । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बेलिब्रिजको उद्घाटन गरेका हुन् ।

उनीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुगेका थिए । उनी बेलिब्रिजको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रममा रहेको छ ।


Published :असार २२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media