काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र – ४ समन्वय कमिटिको सह-संयोजकमा राजु अधिकारी चयन भएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकले अधिकारीलाई सह-संयोजकमा चयन गरेको हो।
२०५४ सालदेखि नै जनप्रतिनिधिको भूमिका निर्वाह गरेका अधिकारी बुढानिलकण्ठ नगरपालिका वडा-११ मा दुई पटक वडाध्यक्ष पदमा निर्वाचित भएका नेता हुन्।
नेकपा एमाले काठमाडौं क्षेत्र -४ को सदस्य रहेर काम गरिसकेका उनको तत्कालीन प्ररायुसंघ नेपालका विभिन्न जिम्मेवारीहरु समेत बहन गरेको अनुभव छ।