त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए सपथ

राष्ट्रपाटी न्युज

असार २५, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा. दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति प्राडा. अर्यालले सपथ लिएका हुन्। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए।

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट प्राडा. अर्याललाई आज नियुक्त गरेका थिए।


Published :असार २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media