काठमाडौं जिल्लाकै उत्कृष्ट बन्न सफल बालउद्वार माध्यमिक विधालय !!

राष्ट्रपाटी न्युज

असार २४, २०८२

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं-१० कपन मिलनचोकमा रहेको बालउद्वार माध्यमिक विधालयले यस बर्षको एसईई परिक्षामा ऐतिहासिक नतिजा निकाल्न सफल भएको छ। यस बर्षको एसईई परिक्षाको नतिजाको आधारमा विधालय काठमाडौं जिल्लाकै उत्कृष्ट विधालय बन्न सफल भएको छ। एसईई परिक्षामा सहभागी सबै विधार्थीहरु उत्रिण गराउन सफल भएर विधालयले ऐतिहासिक रेकर्ड राखेको विधालयका प्रधानाध्यापक विनोद पण्डितले जानकारी दिएका छन्। परिक्षामा ८४ जना विधार्थी सहभागी भएकोमा ७८ जना विधार्थीले ३ भन्दा धेरै जीपीए ल्याउन सफल भएको बिधालयले जानकारी दिएको छ।

प्राविधिकधार अन्तर्गत कम्प्युटर इञ्जिनियरिङ्गको कक्षा संचालन हुने यस बिधालयको नतिजा प्राविधिक विधालयहरु मध्ये देशकै उत्कृष्ट बन्न सफल भएको विधालयले दावी गरेको छ। धेरैजसो कम्प्युटर इञ्जिनियरिङ्गसंग सम्बन्धित विषयहरुमा प्राय सबै विधार्थीहरुको ४ जीपीए आएको वताइएको छ।

एसईई परिक्षाको नतिजासंगै यस बिधालयमा कक्षा ११ मा भर्ना खुलेको छ। विज्ञान, व्यबस्थापन , मानविकी , शिक्षा , कानुन , कम्प्युटर इञ्जिनियरिङ्गसंग सम्बन्धित सम्पूर्ण विषयहरुको अध्यापन हुने यो विधालय केहि वर्ष देखि नमुना विधालयको रुपमा अगाडि बढिरहेको छ। स्थानीय अभिभावकहरुको समेत विशेष रोजाइमा पर्ने यो विधालयमा कक्षा ११ मा समयमै भर्ना भइ आफ्नो स्थान सुरक्षित गर्न विधालयका सहायक प्रधानाध्यापक मुरारी कुमार ढकालले सम्पूर्ण एसईई परिक्षामा उत्रिण विधार्थी एवं अभिभावकहरुलाई आग्रह गरेका छन्।

देशभरका ६५ भन्दा धेरै जिल्लाका विधार्थीहरु अध्ययन गर्ने यो विधालयमा थोरै शुल्क सहितको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अबसरको फाइदा उठाउन प्रधानाध्यापक विनोद पण्डितले सरोकारवाला सबैलाई आग्रह गरेका छन्।


Published :असार २४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media