संघीय संसदका दुईवटा समितिको बैठक बस्दै

राष्ट्रपाटी न्युज

असार २५, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । बुधबार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने तयारी छ ।


Published :असार २५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media