काठमाडौं । निजि तथा आवासीय विधालय संगठन काठमाडौं (PABSOK) ले गुरु पुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम -२०८२ आयोजना गरेको छ। प्रत्येक बर्ष गुरु पुर्णिमाको दिन यस संगठनले शिक्षकहरुको भावनाको सम्मान गर्दै यो कार्यक्रम आयोजना गर्ने गरेको छ।
काठमाडौंको चाबहिलमा रहेको स्मार्ट प्यालेसमा संगठनका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राजदुत महेश राज दाहाल रहेका थिए भने निजि तथा आवासीय विधालय संगठन काठमाडौं (PABSOK) का पदाधिकारी तथा सदस्यहरु, विभिन्न विधालयका प्रिन्सिपल एवं संचालकहरु, जनप्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न विधालयका शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो।
महासचिव सुदिप काफ्लेले संचालन गरेको कार्यक्रममा विभिन्न विधालयका उत्कृष्ट शिक्षकहरुलाइ सम्मान गरिएको थियो भने विभिन्न विधालयका शिक्षकहरुले आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।