निब्स कलेज नै किन ? – डि.एन.महतो, प्राचार्य

राष्ट्रपाटी न्युज

असार २७, २०८२

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गरेसँगै विद्यार्थीहरु नयाँ शैक्षिक गन्तव्यको खोजीमा छन् । उच्च शिक्षाका लागि प्रथम खुड्किलाको रुपमा रहेको कक्षा-११ र १२ अध्ययनका लागि कुन शिक्षण संस्था रोज्ने भनेर दुबिधामा परेका विद्यार्थीका लागि शैक्षिक क्षेत्रमा नयाँ उचाई बनाउन सफल शिक्षण संस्था हो, निब्स स्कुल/कलेज ।

काठमाडौंको मण्डिखाटारमा अवस्थित २० वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यो स्कुल/कलेज काठमाडौं उपत्यकाको उत्कृष्ट स्कुल/कलेजको सूचीमा पर्दछ। बौद्धिक शैक्षिक जनशक्ति, कुशल प्रशासक, कलेजप्रति विद्यार्थी र अभिभावकले गरेको विश्वास, माया र साथले गुणस्तरीय शिक्षा प्रदान गरेको निब्स स्कुल/कलेज यो क्षेत्रको शान बन्न सफल भएको छ । यसै सन्दर्भमा नेशनल प्याब्सन बागमती प्रदेशका अध्यक्ष समेत रहेका निब्सका संस्थापक/पृन्सिपल डि.एन.महतो संग भएको कुराकानी।

विद्यार्थी भर्नाको अवस्था कस्तो छ सर ?

हामीले कक्षा ११ मा भर्ना खुलाएका छौं । हाम्रो कलेजको सिट क्षमता भन्दा धेरै विद्यार्थी कलेजमा अध्ययन गर्न चाहनुहुन्छ । हामीले विद्यार्थी छनोटका लागि विभिन्न क्राइटेरिया बनाएका छौं । विद्यार्थीको सुविधाका लागि कलेजमा अध्ययन गर्न चाहनेले अनलाइनमार्फत पनि आवेदन दिन सक्नुहुन्छ । यहीँ आएर भिजिट गर्न पनि सक्नुहुन्छ । भर्ना हुनुभन्दा पहिला प्रवेश परीक्षा पनि लिन्छौं । प्रवेश परीक्षाको नतिजा र SEE ग्रेडको आधारमा छात्रवृत्ति पनि प्रदान गर्छौ ।

कलेजमा विद्यार्थीले कुनकुन विषय अध्ययन गर्ने अवसर पाउछन् ?

विद्यार्थीको आजको मागलाई मध्यनजर गर्दै विभिन्न विषयका कक्षा सञ्चालन भइरहेका छन् । हामीकहाँ
साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिज फ्याकल्टीमा विद्यार्थीको रुचि अनुसार विभिन्न विषयका कक्षाहरु संचालन गरिरहेका छौं ।

निब्स कलेज नै किन रोज्ने ?

निब्स कलेज विद्यार्थीको उज्ज्वल भविष्य निर्धारण गर्ने थलो हो । समय अनुसार भित्रिएका विभिन्न प्रविधिलाई पछ्याउँदै विद्यार्थीको भोलिको सुनौलो भविष्य निर्माणमा अग्रसर कलेज भएकाले अधिकांश विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । विद्यार्थीमा परेको दुबिधा हटाउन नयाँ आयामका साथ कलेजले शैक्षिक गतिविधि चलाइरहेको छ । धेरै कलेजहरुको भीडमा निब्सले संस्कार सहितको आधुनिक र स्तरिय शिक्षा पस्किरहेको छ। सर्टिफिकेटमा मात्रै होइन क्षमता विकासमा फोकस र विश्वास गर्ने थलोको रुपमा निब्सले आफुलाई उभ्याउन सफल रहेको छ। विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्नका लागि उनीहरुमा भएको प्रतिभा निखारेर असल र सक्षम व्यक्ति बनाउने काम यस कलेजले गरि राखेको छ । विद्यार्थीको चौतर्फी विकासका लागि ECA, CCA Practical, Projectwork, Field Trip, Sports आदि सम्पुर्ण क्रियाकलापहरु विद्यार्थीको रुचि र क्षमता अनुसार व्यवस्थापन गर्दछ। त्यसैगरी शुलभ दरमा यातायात र होस्टेलको व्यवस्था पनि रहेको छ।


Published :असार २७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media