लीड्स ( LEADS ) नेपालको अध्यक्षमा पुन: बिष्णुचन्द्र अधिकारी

राष्ट्रपाटी न्युज

असार २९, २०८२

काठमाडौं । लीड्स नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। यही आषाढ २८ गते शनिवार बुढानीलकण्ठ -१० बालुवाखानिमा संस्थाका अध्यक्ष विष्णुचन्द्र अधिकारीको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य जयराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभावाट नयाँ नेतृत्व समेत चयन गरिएको छ।

उक्त साधारणसभाबाट सात सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। सो समितिको अध्यक्षतामा फेरील्याण्ड इन्टरनेशनल स्कूलका संस्थापक प्राचार्य विष्णुचन्द्र अधिकारी चयन भएका छन्।

कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य तथा निर्देशकहरूको सक्रिय सहभागिता रहेको थियो। प्रमुख अतिथि माननीय जयराम थापाले निजि विद्यालयहरूले बुढानीलकण्ठ नगरपालिकालाई शिक्षाको केन्द्र (Hub) बनाउने अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका थिए ।साथै, विविध कलेजका प्रमुखहरूले शुभकामना व्यक्त गर्नुका साथै समाजसेवी श्री इन्द्रबहादुर थापाले संस्थाको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

विशिष्ट अतिथि तथा प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले हाल निजि विद्यालयप्रति राज्यको दृष्टिकोण सकारात्मक नभएको विषयमा चिन्ता व्यक्त गरेका थिए ।

उपाध्यक्ष गणेश मिश्रले स्वागत मन्तव्य राख्दै छोटो समयमा भएको प्रगतिका विषयमा समग्र रूपमा प्रकाश पारेका थिए ।

कार्यक्रम संस्थाका सचिव श्री गीता बहादुर लामिछानेले संचालन गरेका थिए।

कार्यक्रममा ४ जीपीए ल्याउने बिभिन्न बिधालयहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावप्रति संस्थाको तर्फबाट अध्यक्ष विष्णुचन्द्र अधिकारीले हार्दिक आभार प्रकट गरेका छन्।

 


Published :असार २९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media