बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं.२ ले वडाभित्र रहेका विद्यालयहरूका नाममा विशेष सुचना जारी गरेको छ। वडाध्यक्ष राजेन्द्र श्रेष्ठको हस्ताक्षरमा जारी भएको सुचनामा वडाभित्र रहेका विद्यालयहरूलाई २०८१ मा माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भएका विद्यार्थीहरूको विवरण वडा कार्यालयमा १ हप्ता भित्र उपलब्ध गराउन अनुरोध गरिएको छ ।
विद्यार्थीहरूको प्राप्त GPA सहितको विवरण संकलन गरी शिक्षा, योजना र विकाससम्बन्धी आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।