बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा रहेको ग्रामशिक्षा मन्दिर माध्यमिक विधालयको विधालय व्यवस्थापन समितिको अध्यक्षमा बिनोद चालिसे चयन भएका छन्। चालिसे यस विधालयका पुर्व शिक्षक पनि हुन्।
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय चालिसे यस अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार रहेका थिए।