फिर्ता गरिएको पूर्व राष्ट्रपति भण्डारीको पिर्का र यसको राजनीतिक संदेश

राष्ट्रपाटी न्युज

असार ३२, २०८२

सन्तोष लुइटेल। बुढानीलकण्ठ, काठमाडौं।

विषय प्रवेश
बुढानीलकण्ठ नगरपालिकाले वार्षिक नगर विकास योजना आ.व. २०८२ /८३ र आर्थिक सर्वेक्षण २०८१ /८२ को सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको छ। यहि असार ३२ गते नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विधादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी थिइन्। उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०८२ / ८३ र आर्थिक सर्वेक्षण २०८१ / ८२ सार्वजनिक गरिएको थियो।

भर्खरै पुन सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्व राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रममा भव्य तयारी गरिएको थियो। बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, उपप्रमुख ,प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु सहित नगरसभा सदस्यहरु, राष्ट्रसेवक कर्मचारीहरु , पुर्व माननियहरु, नगरपालिका अन्तर्गतका विभिन्न समितिका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका नगर स्तरीय प्रतिनिधिहरु, नेकपा एमालेका विभिन्न तह र तप्काका नेता तथा कार्यक्रताहरु लगायतको ठुलो उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले नगरपालिकाका बिभिन्न प्रकाशनहरुको बिमोचन गरेकी थिइन् भने धेरै राजश्व उठाउने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ लाइ सम्मान गरेकी थिइन्। नगर उपप्रमुख अनिता लामाले लामो स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रम संचालक नगर प्रवक्ता नवराज भट्टराईले पूर्व राष्ट्रपति भण्डारी अर्को कार्यक्रममा जानुपर्ने भएकाले शुरुमै मन्तव्यका लागि आमन्त्रण गरेका थिए।

भर्खरै पुन सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले के बोल्छिन भन्ने चासोका साथ हेरिरहेको संचारकर्मी सहितको भव्य कार्यक्रममा उनले लिखित मन्तव्य राखेकी थिइन्। मन्तव्यमा उनले आफू पनि बुढानीलकण्ठ नगरपालिकाको बासिन्दा रहेको भन्दै नगरपालिका केन्द्रित विचार राखेकी थिइन्। नगरपालिकाले संचालन गरेका केहि महत्वपूर्ण कार्यक्रम तथा योजनाको प्रशंसा गर्दै उनले आफू पनि सहयोग र भुमिका निर्वाह गर्न तयार रहेको बताएकी थिइन्।

प्रिकाको कुरा
केहि बर्ष अगाडी ब्लड क्यान्सर जस्तो गम्भीर रोगवाट पिडित उनले उक्त रोगलाई जितेर दोश्रो जीवन प्राप्त गरेको भन्दा फरक नपर्ला। घुँडाको समस्याका कारण गाडीवाट ओर्लन समस्या भएपछी उनलाई सुरक्षाकर्मिहरुले काठको पिर्का राखेर ओर्लन सजिलो बनाउने गर्दथे। यो बिषय सबैको लागि सामान्य नै थियो। तर बुढानीलकण्ठ नगरपालिकाको कार्यक्रममा सहभागी हुन जाँदा जे देखियो त्यो भने अनौठो थियो।

बुढानीलकण्ठमा के भयो ?
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन आउन लागेकि पूर्व राष्ट्रपति भण्डारीलाई स्वागत गर्न नगर प्रमुख , उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्षहरु लगायत हातमा बुकी बोकेर लामबद्व बसेका थिए। जब उनको सवारी नगरपालिकाको कार्यालय परिसरमा प्रवेश गर्यो, त्यसपछि उनको निजि सवारी साधनवाट ओर्लन ढोका खोलियो। सुरक्षाको लागि पछाडी रहेको नेपाली सेनाको गाडीवाट हातमा पिर्का लिएर सुरक्षाकर्मीले ओर्लने ठाउँमा राखेका थिए। त्यसपछि केहि समय रोकिंदै भण्डारीको इशारा पाएपछि सुरक्षाकर्मीले त्यो पिर्का हतार हतार हटाएका थिए। अनि पुर्व राष्ट्रपति भण्डारी बिवाईडि इभि कारवाट आफैं ओर्लिएकि थिइन्।

राजनीतिक संदेश
बुढानीलकण्ठ नगरपालिका पुर्व राष्ट्रपति भण्डारीले पटक पटक निर्वाचन लडेको क्षेत्र भित्र पर्छ । यस क्षेत्रवाट उनि पटक पटक सांसद बन्न सफल भएकी थिइन्। पिर्काको प्रयोग गरेको देख्दा उनि शारीरिक रुपमा कमजोर रहेको भान कसैलाई नपरोस भन्ने उनलाई लागेको हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ। भर्खरै सक्रिय राजनीतिक गतिविधि शुरु गरेकी उनले बुढानीलकण्ठ क्षेत्रका नेकपा एमालेका बिभिन्न समूहहरु सहित राष्ट्रिय राजनीतिका बिभिन्न व्यक्तिहरुसंग समेत छलफल शुरु गरिसकेकी छन्। पिर्का हटाउन लगाएर उनले अब आफू शसक्त र मजबुत रहेको र भविष्यमा नेकपा एमाले र सिगै देशको पुन नेतृत्वमा आउने अभियानमा लम्किएको स्पस्ट संकेत दिएको सहजै अनुमान लगाउन सकिन्छ।

 


Published :असार ३२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media