
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको दिक्षालय नेपाल फाउन्डेशनले भर्खरै सम्पन्न एसइई परिक्षा २०८१ मा उत्रिण बिधार्थीहरु तथा उनीहरुका अभिभावकहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ। राजधानीको चावहिल स्थित स्मार्ट प्यालेसमा आयोजना गरिएको एक भव्य समारोहमा बिधालयले सम्मान कार्यक्रम आयोजना गरेको हो।
विधालयका अध्यक्ष लब्जी बहादुर कार्कीको अध्यक्षता तथा बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समाजका विशिष्ट व्यक्तित्वहरु ,विधालयका संचालकहरु ,पत्रकारहरु , विधालयका बिधार्थी तथा अभिभावकहरु ,शिक्षक तथा कर्मचारीहरु लगायतको खचाखच उपश्थिति रहेको थियो।
कार्यक्रममा एसइइ परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिधार्थिहरु र तिनीहरुका अभिभावकहरु ,शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी, विधालयका प्रवन्ध निर्देशक चित्र दाहाल,अभिभावक दिनेश खतिवडा,प्राचार्य दुर्गा प्रसाद दाहाल, विधालयका अध्यक्ष लब्जी बहादुर कार्की लगायतले आफ्नो मन्तव्य राखेका थिए।
समारोहमा बिधार्थीहरुले बिभिन्न सांस्कृतिक प्रस्तुति सहित बिबिध प्रतिभा समेत प्रस्तुत गरेका थिए।

