प्रशान्ति एकेडेमीको एसईई सम्मान कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ। प्रशान्ति शिक्षा सदनले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ । शनिबार बुढानीलकण्ठ-१२ कपनमा रहेको एभरसाइन पार्टी प्यालेसमा एक समारोह आयोजना गर्दै एसईईमा सहभागी भएका विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरीएको हो ।

विधालयका अध्यक्ष मुरारी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौँ क्षेत्र नं. ४ (२) का प्रदेश सभा सदस्य जयराम थापा रहेका थिए भने अतिथिहरुमा बुढानीलकण्ठ वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, धिर प्रसाद भण्डारी, शान्ता ढकाल,राजेन्द्र पुडासैनी,LEADS नेपालका अध्यक्ष बिष्णुचन्द्र अधीकारी, पत्रकारहरु , अभिभावकहरु , शिक्षकहरु , विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ४ (२) का प्रदेश सभा सदस्य जयराम थापा,बुढानीलकण्ठ वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई,धिर प्रसाद भण्डारी, विधालयका प्राचार्य समिर बास्तोला,LEADS नेपालका अध्यक्ष बिष्णुचन्द्र अधीकारी लगायतले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा विधार्थीहरुले बिभिन्न सांस्कृतिक लगायतका आकर्षक प्रस्तुतिहरु प्रस्तुतु गरेका थिए।

बुढानीलकण्ठ-१२ मा रहेको यस बिधालयले यस बर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । दुई विद्यार्थीले ४ जिपिए ल्याएका थिए भने सहभागी सबैको उत्कृष्ट नतिजा आएको थियो ।


Published :साउन ४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media