गाजामा सर्वसाधारणमाथिको ज्यादतीप्रति २७ देशद्वारा इजरायलको निन्दा

काठमाडौँ । बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने आवाज उठाएका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादती एकदमै बढी भएको भन्दै उनीहरुले निन्दा गरेका हुन्।

सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोकेको तथा त्यहाँको नागरिकको हत्या गरेको भन्दै निन्दा गरिएको छ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एक सातामा इजरायली आक्रमणबाट १०९ जना मारिएको तथा कुपोषणका कारण अन्य १९ जना मारिएको जनाइएको छ।

मन्त्रालयले सैन्य समूहमाथि झुटको प्रचार गरेको तथा युद्ध विराम गर्न नचाहेको तथा नागरिक मार्न सक्रिय भएको आरोप लगाइएको छ। युद्धको पछिल्लो २१ महिनामा इजरायलले बनाएको नीति र योजनाको समेत आलोचना गरिएको छ।

यसरी विज्ञप्ति हस्ताक्षर गर्नेमा बेलायत तथा अन्य २७ देशमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिलयान्ड र स्वीजरल्यान्ड छन्। उनीहरूले पानी र खाद्यान्नको अभाव भइरहेको तथा राहत कुरिरहेको समयमा आठ सय जना प्यालेस्टाइनी मारिएको भन्दै विज्ञप्ति जारी गरेका छन् । (एजेन्सी)


Published :साउन ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media