शिक्षा मन्त्री रघुजी पन्तद्वारा प्रशान्ति एकेडेमी उत्कृष्ट विधालयको रुपमा सम्मानित

राष्ट्रपाटी न्युज

साउन ११, २०८२

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उच्चतम नतिजा हासिल गर्ने विद्यार्थीहरू, सर्वोत्कृष्ट विषय शिक्षकहरू र उत्कृष्ट विद्यालयहरूलाई सम्मान गर्न एन प्याब्सन काठमाडौंले आयोजना गरेको विशेष सम्मान समारोह अनुपम फुडल्यान्ड, बत्तिसपुतली, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत खड्काले गरेका थिए । समारोहमा प्रशान्ति एकेडेमीले नेपाली , सामाजीक, विज्ञान, गणित , कम्प्युटर , ऐ गणित सहित छ वटा विषयहरुमा उत्कृष्टता हासिल गरेकोले सबै विषय शिक्षकहरूलाई उत्कृष्ट शिक्षक सम्मान प्रदान गरिएको थियो ।

परीक्षामा प्रशान्ति एकेडेमीलेले औसत ३.९१ जीपीए ल्याएको हुँदा २२ जना सम्मका विद्यार्थीहरूको वर्गमा रहेको विधालयमा उत्कृस्टता हासिल गरेको थियो । २२ जना भन्दा माथिल्लो समुहबाट उत्कृष्ट स्कुलको पुरस्कार सगरमाथा स्कुलले प्राप्त गर्यो। कार्यक्रममा विभिन्न विधालयका प्रिन्सिपलहरु, शिक्षकहरु , विधार्थीहरु लगायतको व्यापक उपस्थिति रहेको थियो ।


Published :साउन ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media