बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

राष्ट्रपाटी न्युज

साउन १४, २०८२

हेटौँडा । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा उनले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका थिए । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे ।

निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो ।

तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन भएका थिए । बानियाँले १६ मत प्राप्त गरेका थिए । आजको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।


Published :साउन १४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media