संकटका बेलापनि एमाले सतिसालझैँ अडिग रहन्छ-पार्वत गुरुङ

दोलखा। नेकपा (एमाले) का नेता तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि दोलखाका उम्मेदवार पार्वत गुरुङले संकटका बेला पनि नेकपा (एमाले) सतिसालझैँ अडिग भएर उभिने पार्टी भएको बताएका छन्। ।

चुनावी सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले संविधान, देश र जनताप्रति हुने आक्रमणको सामना गर्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गरेका छन्। विभिन्न चुनौती र दबाबका बीच पनि एमालेले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र जनताको अधिकारको रक्षा गर्दै निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ ।

दोलखामा विकास, स्थायित्व र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेका नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङको कुनै विकल्प नरहेको निष्कर्षमा जनमत पुग्दै गएको र अस्थिर राजनीति, खोक्रा आश्वासन र अवसरवादी प्रवृत्तिलाई पराजित गर्दै दोलखालाई विकासको बाटोमा अघि बढाउन सक्ने एकमात्र सक्षम उम्मेदवार पार्वत गुरुङ भएको एमालेले जनाएको छ।

जनताको पक्षमा उभिने, नीति र नेतृत्वमा दृढ रहने तथा विकासका कामलाई परिणाममा लैजान सक्ने नेताको रूपमा पार्वत गुरुङप्रति जनसमर्थन व्यापक बन्दै गएको र त्यसैले दोलखाको भविष्य सुरक्षित गर्न, बलियो सरकार र स्थिर नेतृत्वका लागि पार्वत गुरुङलाई विजयी गराउनु आजको आवश्यकता भएको युवा संघका नेता विशाल काफ्ले खत्रीको भनाइ छ।

 


Published :माघ १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media