बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँको दाबी

राष्ट्रपाटी न्युज

साउन १९, २०८२

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आधिकारिक रूपमा दाबी पेश गरेका छन्।

प्रदेश प्रमुख दीपक देवकोटाले सोमबार दिउँसो मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए। सोही क्रममा केही घण्टामै बानियाँले नेकपा एमालेको समर्थनसहित मुख्यमन्त्री पदमा आफ्नो दाबी दर्ता गराएका हुन्।

बानियाँले एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहित प्रदेश प्रमुखको कार्यालय पुगेर आवश्यक कागजातसहित औपचारिक दाबी दर्ता गरेका हुन्।


Published :साउन १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media