एनपीएल अक्सनमा हालसम्म ११ खेलाडी बिक्री

राष्ट्रपाटी न्युज

साउन २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनबाट हालसम्म ११ खेलाडी बिक्री भएका छन् ।
सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र विराटनगर किंग्सले समान दुई खेलाडी अनुबन्ध गर्दा जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले समान एक खेलाडीलाई अनुबन्ध गरेका छन् ।

शनिबार ललितपुरको रोयल टुलिपमा जारी अक्सनबाट देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले खरिद गरेको छ । हेमन्त धामी र टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्स र सूर्य तामाङ र साहिल पटेललाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ ।

यसैगरी दिलिप नाथलाई लुम्बिनी लायन्समा, उत्तम थापालाई काठमाडौं गोर्खाजमा, सचिन भट्ट जनकपुर बोल्ट्समा, पवन सर्राफ कर्णाली याक्समा र अभिषेक तिवारी पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

अक्सनमा कुल तीन क्याटागोरीमा १६४ खेलाडी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् ।

हालसम्म बिक्री भएका खेलाडीहरू यसप्रकार छन्

विराटनगर किङ्स: सूर्य तामाङ (१० लाख), साहिल पटेल (५ लाख)

जनकपुर बोल्ट्स: सचिन भट्ट (२ लाख)

चितवन राइनोज: देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख)

काठमाडौं गोर्खाज: उत्तम थापा मगर (३ लाख)

पोखरा एभेन्जर्स: अभिषेक तिवारी (२ लाख)

लुम्बिनी लायन्स: दिलिप नाथ (१० लाख)

कर्णाली याक्स: पवन सर्राफ (१५ लाख)

सुदूरपश्चिम रोयल्स: हेमन्त धामी (१० लाख), टेकबहादुर रावत (२ लाख)

अक्सन पुनः सुरु भएसँगै थप खेलाडीहरू बिक्री हुने अपेक्षा गरिएको छ ।


Published :साउन २४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media