इजरायली आक्रमणबाट गाजामा ३७ जनाको मृत्यु, दुई सय घाइते

राष्ट्रपाटी न्युज

साउन २५, २०८२

गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ। तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन्।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताए।

मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएपछि थप ६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पनि उनले जानकारी दिए।

बासलका अनुसार मध्य गाजामा पनि आक्रमणका कारण धेरै जनाको ज्यान गएको छ भने दक्षिणी सहर खान युनिस नजिकै भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ र अन्य धेरै घाइते भएका छन्। (रासस/एएफपी)


Published :साउन २५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media