बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका, वडा न.८ स्थित गोल्फुटारमा आधुनिक सेमी इन्डोर बास्केटबल कोर्टको उद्घाटन समारोह सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बुढानीलकण्ठ नगर उपप्रमुख अनिता लामा,नगर प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई,वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा, वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ३ का अध्यक्ष आकाश धिताल, वडा नं ४ का अध्यक्ष श्रीराम केसी, वडा नं ६ का अध्यक्ष रवी खड्का,वडा नं ११ का अध्यक्ष राजु अधिकारी , वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , नगर कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनी, नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदीप डङोल , बुढानिलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष विदुर विक्रम खड्का , प्रशाशकिय अधिकृत महेश प्रसाद पाठक लगायत स्थानीय खेलाडीहरू, खेल क्षेत्रका व्याक्तित्वहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न युवाहरुलाई सम्मान गरिएको थियो भने स्थानीय एवं राष्ट्रिय बास्केटबल खेलाडीहरु विच मैत्रीपूर्ण खेल समेत सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, वडाध्यक्ष सुमन तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए भने वडा सचिव कविता चौहानले स्वागत मन्तव्य राखेकी थिइन्।
बुढानिलकण्ठ नगर खेलकुद बोर्डका संयोजक समेत रहेका वडाध्यक्ष सुमन तामाङले सो कोर्ट निर्माणले विभिन्न प्रतियोगिताहरु आयोजना गर्न सहज भएको र कोर्ट नगरपालिकाको लागि नै गौरवको योजना भएको बताएका थिए।