काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपन प्रहरी प्रभागको पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। यहि मिति २०८२/०५/२४ गते भएको GenZ आन्दोलनको क्रममा उक्त प्रहरी प्रभाग तोडफोड र आगजनी भइ ध्वस्त हुन पुगेको थियो।
आन्दोलन पश्चात यहि भाद्र २७ गते बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १०,११ र १२ का स्थानीयहरू भेला भएर उक्त प्रहरी प्रभागको मर्मत सम्भार गर्ने निर्णय गरि एक तदर्थ समिति गठन गरिएको संयोजक नवराज खनाल (बिक्रम ) ले जानकारी दिएका छन्। उक्त समितिको नेतृत्वमा बिभिन्न व्याक्ति एवं संघ संस्थाहरुबाट आर्थिक सहयोग संकलन गरी मर्मत सम्भारको काम तिव्र रुपमा संचालन भैरहेको छ। हालसम्म उक्त कार्यका लागि करिव दश लाख रुपैयाँ सहयोग प्राप्त भएको र त्यो सहयोग आउने क्रम जारि रहेको बताइएको छ। कपन प्रहरी प्रभागको पुनर्निर्माणका लागि आर्थिक मात्र नभई बिभिन्न नियमित कार्यालय संचालन र निर्माण सम्बन्धि सामग्रीहरु समेत सहयोग गर्ने क्रम जारि रहेको छ।
उक्त तदर्थ समितिमा निम्नानुसार पदाधिकारीहरु रहेका छन्।
संयोजक :नवराज (विक्रम) खनाल
सह संयोजक :भवानी भट्टराई देउजा
सचिव : कृष्ण प्रसाद चौलागाई
कोषाध्यक्ष :लक्ष्मी प्रसाद धिताल
सदस्यहरु : बसन्त श्रेष्ठ, बालकृष्ण भट्टराई, पम्फा श्रेष्ठ,आशिष गुरागाईं, सुमिता श्रेष्ठ, गिता मिश्र, रामजी प्रसाद थपलिया ,ज्ञानु प्रसाद पोखरेल ,आयात सुजन सोनार,केदार खडका, गोविन्द प्रसाद चौलागाई ,राजेन्द्र गुरागाइ, निरज गजुरेल, सगुन भण्डारी,शुसिल अधिकारी ,देव बहादुर गुरुङ र दोर्जी शेर्पा।