बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १२ मा रहेको घटराज मेमोरियल स्कुलले SEE उत्रिण विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
संस्थापक प्रधानाध्यापक डा. राजेशराज भट्टराईको अध्यक्षतामा बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १० मा रहेको कार्की पार्टी प्यालेसमा आयोजित उक्त सम्मान समारोहमा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिको रुपमा रहेका थिए भने बुढानिलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ- १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, नगर कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरु ,विधालयका शिक्षक तथा विधार्थीहरु, अभिभावकहरु ,संचारकर्मीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा विधालयबाट SEE परिक्षामा उत्रिण हुन सफल सम्पूर्ण विधार्थीहरुलाइ सम्मान गरिएको थियो भने ४ जिपिए ल्याउने आशुतोष सुवेदी र उनको परिवारलाई नगद १ लाख सहित सम्मान गरिएको थियो। उक्त कार्यक्रममा आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पांच जना संचारकर्मिहरुलाइ समेत सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक लगायतका विविध प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।