बुढानिलकण्ठ-६ मा आर्थिक वर्ष २०८२/८३ को पहिलो योजना सम्झौता सम्पन्न

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ ले आर्थिक वर्ष २०८२/८३ को पहिलो योजना सम्झौता सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ मा रहेको पासिकोट नेवारी मार्गमा उपभोक्ता समितिले पहिलो सम्झौता गरेको वडाध्यक्ष रवि खड्काले जानकारी दिएका छन्।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ कार्यालयको विभिन्न कामहरुमा व्यापक सक्रियता देखिएको छ। जनसरोकारका मुद्वाहरुमा वडाध्यक्ष रवि खड्काको नेतृत्वमा व्यापक कामहरु हुँदै आएका छन्। अघिल्लो आर्थिक बर्षमा नयाँ प्रशासनिक भवन उद्घाटन गरेर कार्यालय संचालन गर्दै आएको यस वडाले अब्बल कार्यसम्पादन गर्न सफल भएको देखिन्छ।

सामाजिक, राजनीतिक , भौतिक निर्माण लगायतका क्षेत्रमा यस कार्यालयबाट व्यापक कामहरु भएको वडाबासि नागरिकहरुको भनाइ छ। पछिल्लो समय सडकमा आकस्मिक रुपमा बनेका ठुला ठुला भ्वांगहरुलाई वडाध्यक्ष खड्काले आफ्नै नेतृत्वमा व्यवस्थित ढंगले व्यबस्थापन गरेका छन् भने जेष्ठ नागरिक भत्ता नबिकरण एवं वितरण , मन्दिर एवं सम्पदा पुननिर्माण ,प्लम बाल निर्माण लगायतका महत्वपूर्ण कामहरु छिटो भन्दा छिटो सम्पन्न भएको बताइएको छ।

पछिल्लो समय वडाको विकास निर्माण लगायतका कार्य सम्पन्न गर्न वडा ,नगर,प्रदेश एवं संघ स्तरीय करोडौं बजेट व्यबस्थापन गरिएको बताइएको छ।


Published :भदौ २०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media