
हरीप्रसाद सिग्देल
नेपालमा २००७ सालपछि जनताको बिश्वास जितेमात्र सत्ताको स्वाद चाख्न पाईनेरहेछ साथै मालिकलाई पनि जनता मेरो साथमा छन् भनि देखाए बापत् गोठालो राख्ने/बस्न पाउने चलन चल्दै आएको रहेछ । गोठालोले कहिले बाघ कराउला र बाख्रा हराएको बठ्याँई गरौँला भनि दाउ हेर्ने र मौकालाई अन्जाम दिने गरेका उदाहरणहरु यो ७५ बर्षका ईतिहाँसले चिच्याई चिच्याई कानमा नै आएर कराउँदा पनि नेपाली जनताको चेतनामा परिवर्तन भएकै देखिन्न ,यस विचमा जेन-जेड पार गरि एक्सपाएर हुन लागेका धेरै पुस्ताले समेत चेतना हस्तान्तरण गरेकै देखिएन । त्यसैको फलस्वरुप सिंहदरबारको कुर्सि वरपर नै राजनीति घुमफिर गरिरह्यो। सामाजिक सुरक्षा र समाज विकासका लागि केहि पहलनै भएन, सत्ता आरोहणको लागि जनताको बिश्वासलाई स्वार्थ समुहको ईसारामा मात्र भर्याङ बनाईयो र हाल नेपाल यो अवस्थामा छ ।यो त केबल नियमित प्रकृयाको उपलब्धि भन्दा फरक नपर्ला ।
चर्चा गरौँ लोक रिझ्याईँको, जनताको विश्वासलाई लिएर सत्ताको स्वाद चाख्ने माध्यम हो लोक रिझ्याँईँ, जो हाल प्रविधिको विकाससँगै झाँगिदै गईरहेको प्रष्ट देखिन्छ । नेपाली समाजमा कसैका बारेमा कसैद्वारा श्रृजना गरिएको नकारात्मकतालाई विना अध्ययन सर्बसम्मत एजेन्डा बनाईन्छ, र सो पात्र साझा प्रतिसोधको साधन बन्छ र सुरु हुन्छ व्यक्तिगत आत्मसम्मानको लडाईँ, जहाँ देश र लोकलाई खेलमैदान बनाईन्छ र मैले हारे देश हार्यो, मैले जिते देशले भन्ने भाष्य सृजना गरिन्छ । न त त्यो लडाईँ देशको न जनताको, बस् शासन सत्ताको भर्याङ मात्र ।
गईसकेका कुरा त इतिहास नै भयो, यसबाट हामीले पाठ सिक्नु पर्ने हो तर पनि उहि ठाउँमा नै नयाँ तरिकाबाट उभीयौँ कि भन्ने भान भएको छ । छुवाछुत,भेदभाव, अधिकार र गरिबीलाई मुद्धा बनाएर कांग्रेस, एमालेले लोकरीझ्याईँ गरेर सत्तारोहण गरे, भारतिय विस्तारवादी र अमेरिकी साम्राज्यवाद साथै साम्यबाद र जातियताको मुद्धा बनाएर लोकरीझ्याईँ गरि माओवादीले सत्तारोहण गर्यो , हुँदा हुँदा यिनै दललाई गलत देखाएर, सामाजिक संजालको लाईक र कमेन्टलाई आधार बनाएर रास्वपाले पनि साईज अनुसार सत्ता स्वाद लियो र अझै यिनै मुद्धा लिएर लिने तयारीमा छ। तर अब यसकोपनि प्रतिस्पर्धी नेपालको राजनैतिक परिधिमा आईसकेको कुरा भदौ २३/२४ को जेन-जेडको स्वरमा भनि सकेको छ । भलै एमाओवादी, रास्वपा सो दिनको आन्दोलनको हिस्सेदार भन्ने बजारमा चर्चा छ, यिनैलाई पनि सो हुरीले नै उडाएर लैजाने हो कि भन्ने त्रास छ । यि जतिसुकै परिवर्तन भए पनि जनताका मुद्धा, सामाजिक सुरक्षा तथा सामाजिक अवस्थामा कुनै पनि संगठनले शुष्म अध्ययन र कार्ययोजना बनाएको नै पाईन्न ।
भनौ हात्तीको खाने दाँत र देखाउने दाँत फरक हुन्छन् भने झै हाल सामाजिक संजालको आडमा नेपाल र नेपाली जनताका नयाँ दुश्मन जागृत छन्। मानौ सामाजिक संजालमा गरेका लाईक कमेन्ट र सेयरले समाजका समस्याहरु क्षणभरमा नै समाधान हुन्छन् ।अहिलेको लोकरिझ्याँई यहाँ आएर अड्किएको छ जहाँ मानव र दानवको बर्गिकरण सहज रुपमा हुने गरेको छ , सबै अहिले यसैमा तल्लिन छन् कसरि र के बोल्दा सहानुभूति र सपोर्ट पाईन्छ भन्दै ।
राज्यमा कुनै कानुन नै छैनन्, राज्यले कसैलाई दोषी करार गरेकै छैन, राज्यको उपस्थिति प्रधानमन्त्रीको कुर्सिमामात्र देख्ने र देखाउने यस अघिका सबै घटनाले त्यस परिधि बाहिर निष्कन नसकेको प्रष्ट नै देखाउँदछ । बस् नेपाली जनतालाई नयाँ नयाँ आश देखाइ प्रयोग गर्दै, घुमी फिरी रुम्झाटार नहोस् भन्नेमा आशातीत त हुनैपर्यो ।नेपाललाई राजनीतिक प्रयोग भन्दा पनि स्थाई कानुनी दायरामा राखी समाजलेनै स्थायित्व दिनु आजको आवश्यकता हुन सक्दछ। जसको लागि सामाजिक जागरुकता आवश्यक पर्दछ र त्यसको लागि समाजका सबै अङ्गहरु राष्ट्रिय मुद्धामा एकाकार भई गाऊँ, समाज र राष्ट्रको आधारभूत विकासमा हातेमालो गर्ने सहज वातावरण बन्न सक्नुपर्दछ र हरेक सामाजिक कदमहरु परिणाममुखि हुनुपर्दछ, देखावटी रिझ्याँई हैन परिणाममुखि आकर्षण हुनुपर्दछ ।
(लेखक युवा व्यबसायी हुन्। )